भरतपुरको अरोमा कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
प्रकाशित मिति: मंगलबार, पौष ०५, २०७९ | १८:२४:४१
चितवन ५ पुस । भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकले विद्यार्थीमाथि यौन दुर्ब्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।’
विद्यार्थीहरुले कलेजको कक्षा ११ मा पढ्ने छात्राहरुमाथि कम्प्यूटर ल्याबमा काम गर्ने शिक्षकद्वारा यौन दुव्र्यवहार भएको आरोप लगाएका छन् । उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन् ।
प्रकाशित मिति : मंगलबार, पौष ०५, २०७९ |
१८:२४:४१
3851