मतदाताको सहभागीता घट्नु दलहरूको लागि समीक्षाको विषय : माधव नेपाल
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १२:१४:११
काठमाडौं, ५ मंसिर | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन् । उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१२:१४:११
1013