रुपन्देही–२ मा सुरु भयो मतगणना
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १३:३४:५२
बुटवल, ५ मंसिर | रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला सुरु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए । सुरुमा सरस्वती मावि बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँच वटा मतपेटिका खोलिएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमु्क्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१३:३४:५२
1629