स्याङ्जा-१ का ४ मतदान केन्द्रमा पुन: मतदान गर्न एमालेको माग
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १३:३६:४५
५ मंसिर, काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–१ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी छन् ।आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् ।
सत्तारुढ गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर, हुल हुज्जत गरेर, डर धाक धम्की देखाएर मतपत्र कब्जामा लिएर मतदान अधिकृतको सही गराउँदै मतपेटिकामा खसालेको सचिव अर्यालले बताइन् । बुथ कब्जा भएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको देखिएको पनि उनको भनाइ छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१३:३६:४५
507