दीपकराज गिरीले भने- भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १३:४२:२६
काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् ।आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताए । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताए ।
‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन छु । सदनमा युवापुस्ता पुग्नुपर्छ भन्ने मेरो मान्यता हो,’ दीपकले भने । उनले आफू कुनै एक व्यक्तिको पक्षमा भन्दा पनि परिवर्तनकारी विचार समूहलाई समर्थन गर्ने बताए ।उक्त केन्द्रका सबैभन्दा अन्तिम मतदाता बनेका दीपकले आगामी फिल्म ‘छक्कापञ्जा ४’ मा ७० प्रतिशत विषयवस्तु वर्तमान राजनीतिक अवस्थाको रहेको जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१३:४२:२६
3235