मतदानपछि राजेश हमालले भने- अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १३:४७:५१
काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए ।
‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१३:४७:५१
793