चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १४:०४:४९
चितवन , ५ मंसिर । चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । खैरहनिमा रहेको मतगणना स्थलमा चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना सुरु गरिएको हो । ४ वटा कोठामा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए। दुईवटा कोठामा प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्य र प्रत्यक्षतर्फको प्रदेश सभा सदस्यको मतगणना सुरु गरिएको सिग्देलले बताए । चितवन क्षेत्र नम्बर १ मा करिव ९६ हजार १ सय ९ मत खसेको प्रारम्भिक तथ्यांक रहेको छ
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१४:०४:४९
1189