रुपन्देही–४ मा लोसपाका शुक्लाको प्रारम्भिक अग्रता
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १४:३३:०५
५ मंसिर, काठमाडौं । रुपन्देही–४ को प्रारम्भिक मतपरिणाममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अग्रता लिएको छ । लोसपाका सर्वेन्द्रनाथ शुक्लाले ९९५ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनको कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवले शुक्लालाई पछ्याइरहेका छन् । यादवले ७२४ मत पाएका छन् ।जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ४९३ मत पाएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१४:३३:०५
1431