कैलाली १ मा नागरिक उन्मुक्ति अग्रता बढाउँदै, पच्छ्याउँदै कांग्रेस
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १४:३६:१२
धनगढी, ५ मंसिर। कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ । क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ हालसम्म ६ सय एक मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले २ सय ६९ मत ल्याउँदै अग्रता बढाएकी हुन् । उनलाई एक सय ६० मत सहित कांग्रेसका रामजनम चौधरी पच्छ्याइरहेका छन् । कैलाली १ मा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१४:३६:१२
881