दाङ २ को मतगणना सुरू
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १४:४६:४५
बुटवल, ५ मंसिर | दाङ निर्वाचन क्षेत्र नम्बर –२ अन्तर्गतको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति घोराहीको भवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मतपेटिकाबाट मतपत्र खनाएर मतगणनाको सुरुवात गरेका हुन् । यो क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका रेखा शर्मा बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१४:४६:४५
683