डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १९:१०:१०
धनगढी, ५ मंसिर । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् । हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । एक हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१९:१०:१०
1453