मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | २०:०८:४७
मकवानपुर, ५ मंसिर | मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् । खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
२०:०८:४७
793