दैलेख १ मा समाजवादीका थापालाई पछि पार्दै एमालेका शर्माको अग्रता
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | २०:२८:४७
सुर्खेत, ५ मंसिर । दैलेख १ मा समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै एमालेका रविन्द्रराज शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । एमालेभन्दा १ सय ५३ मतले पछि रहेका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहीले ८२ प्राप्त गरेकी छन् भने जनमोर्चाका प्रकाश गुरुङले ५० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
२०:२८:४७
1343