संखुवासभाको तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइयो
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | ९:५६:४३
६ मंसिर, संखुवासभा । संखुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन वटा मतदानस्थलका मतपेटिका हेलिकप्टर मार्फत खाँदबारी ल्याइएको छ ।
भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाक सहित तीन मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टर मार्फत ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थुदाम मतदान केन्द्रको २० मत, किमाथांकाको १ सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ६४ मतदान केन्द्र मध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन भइसकेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
९:५६:४३
793