काठमाडौं ५ मा अग्रता बढाउँदै प्रदीप पौडेल
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | ११:४०:३६
६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेलसँग अग्रता बढाएका छन् । १८ हजार ७८१ मत गनिसक्दा सत्ता गठबन्धनका उम्मेदवार पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् ।उनलाई पछ्याइरहेका पोखरेलले ४ हजार ३६५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शमशेर राणाले ३ हजार १९९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
११:४०:३६
925