बारा-१ मा खानेपानीमन्त्रीलाई पछि पारे मैनालीले
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १०:३७:४६
बारा, ६ मंसिर | बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१०:३७:४६
683