झापा-५ मा अध्यक्ष ओलीको अग्रता कायमै
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १०:४६:३४
काठमाडौँ, ६ मंसिर । झापा क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गर्नुभएको छ । पछिलो मतपरिणाम अनुसार ओली ८९७८ मतसहित पहिलो स्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ५४४८ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल १४८६ मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने जनमत पार्टीका भीम राजवंशी ८६८ मतसहित चौथो स्थानमा रहनुभएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१०:४६:३४
1299