समानुपातिकतर्फ एमालेले बढायो अग्रताः एकीकृत समाजवादी परेन शिर्ष पाँचमा
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | ११:०४:२३
काठमाडौँ, ६ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले २७ हजार १६० मत पाएको छ । चौथो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपा पाँचौं नम्बरमा छ । उसले अहिलेसम्म समानुपातिकतर्फ १३ हजार ३४० मत पाएको छ । एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पार्टी भने शिर्ष पाँचमा पर्न सकेको छैन । देशभरको प्रत्यक्ष तथा समानुपातिक दुवैमा समाजवादी पार्टीमा उत्साह नभएको देखिएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
११:०४:२३
881