भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | ११:४१:५५
अछाम, ६ मंसिर | नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ । १४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
११:४१:५५
485