गोरखा-१ को पनि मतगणना सुरु
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १२:३३:३८
६ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ ।मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो ।जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ ।
सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१२:३३:३८
749