८ दिनभित्र मतगणनाको नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १४:००:१७
काठमाडौँ, ६ मंसिर ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आठ दिनभित्र आउने दाबी गर्नुभयो । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उहाँको भनाइ थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१४:००:१७
705