रेशम चौधरीको नागरिक उन्मुक्तिले खोल्यो खाता, कैलाली ३ बाट गंगाराम चौधरी विजयी
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १३:२३:०४
धनगढी– रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा निर्वाचनमा जितको खाता खोलेको छ। कैलाली क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। विजयी गंगारामले २३ हजार १२० मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत ल्याए।
यस्तै, नेकपा एमालेका उम्मेदवार उम्मेदवार तथा पूर्वमन्त्री गौरीशंकर चौधरी ९ हजार ८७४ मत ल्याउँदै तेस्रो स्थानमा सीमित रहे। चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिरेन्द्र बहादुर बमले ७ हजार ४५ मत प्राप्त गरे।
मंसिर ४ गते (आइतबार) भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१३:२३:०४
1365