भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १४:१५:०९
काठमाडौं, ६ मंसिर | प्रतिनिधिसभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् । मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४०९६ मत पाएका छन् । एमालेका बस्नेतले १३०४३ मत प्राप्त गरेका छन् । थापा र बस्नेतबीच १०५३ मतको अन्तर छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१४:१५:०९
683