काठमाडौ ५ मा प्रदीप र ईश्वरबीच २८ सय २६ को मतान्तर
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १४:३८:४३
काठमाडौं, ६ मंसिर | काठमाडौं ५ मा अहिलेसम्म २८ हजार ७३ मतगणना भएको छ । यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा निर्वाचनमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । हालसम्म यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लिड गरिरहेका छन् । उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई २८ सय २६ मतान्तरले पछाडि पारेका छन् । पौडेलले नौ हजार एक सय ९६ र पोखरेलले ६ हजार तीन सय ७० मत पाएका छन् । अब १७ हजार मत गन्न बाँकी छ । चुनावी मैदानमा १४ स्वतन्त्रसहित २९ जना रहेका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१४:३८:४३
595