विनोद चौधरी र हृदयेश त्रिपाठी भन्दा महेन्द्र ४ हजार ६८९ मतसहित अग्रता
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १५:५८:१६
नवलपरासी पश्चिम–१ मा नेपाली कांग्रेसका उम्मेदवार अर्बपति विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच प्रतिस्पर्धा हुने ठानिएको थियो । तर यी दुवैलाई पछि पार्दै अप्रत्याशित रुपमा अग्रता लिइरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले ।
मंगलबार दिउँसो यो समाचार तयार पार्दासम्म महेन्द्रले ४ हजार ६८९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार चौधरीले ४ हजार ५६० मतसहित पछ्याइरहेका छन् । त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेको समेत समर्थन पाएका त्रिपाठी ३ हजार ४०३ मतसहित तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१५:५८:१६
1695