मधेसमा सिके राउतको जनमत पार्टीको उदय
ताप्लेजुङ, ६ मंसिर | प्रतिनिधि सभातर्फको समानुपातिक मतगणनामा जनमत पार्टीले ५ हजार ३ सय ३९ मत ल्याएको छ। समानुपातिकतर्फ अहिलेसम्म जनमत पार्टी सातौं स्थानमा छ। जनमत पार्टीभन्दा थोरै अगाडि रहेको जसपाले ५ हजार ३ सय ५३ मत ल्याएको छ भने लोसपाले प्रतिनिधि सभामा राष्ट्रिय दल हुन चाहिने ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाउने गुञ्जायस अहिलेसम्म देखिएको छैन। संघतर्फको प्रत्यक्ष निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा राउत मात्रै अगाडि छन्। जसपाका अध्यक्ष उपेन्द्र यादव उठ्ने गरेको सप्तरी-२ बाटै उठेका राउत जित्ने निश्चित जस्तै देखिएको छ।
राउतले १३ हजार ७ सय ५९ मत ल्याएर यादवभन्दा दोब्बर मतले अघि छन्। यादवले ६ हजार ९ सय ५१ मत मात्रै पाएका छन्।
मधेसमा यादवलाई राउतले हराउनुले ठूलो सांकेतिक अर्थ राख्छ। २०६३ पछि मधेस आन्दोलनबाट उदाएका यादव मधेसको पहिचान दिलाउने नेताका रूपमा परिचित छन्। राउतले मधेसको मुख्य शक्तिलाई नै सबैभन्दा ठूलो धक्का दिने देखिन्छ। किनभने जनमत पार्टी र अब यादवको पहिचानसमेत राउतले खोस्ने छन्। किनकी राउतले परम्परागत रूपमा जसपालाई जाने दलित समुदाय र विपन्न वर्गको मत नै मुख्य रूपमा तानेका छन्।