शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’
प्रकाशित मिति: बिहिबार, पौष ०७, २०७९ | १५:००:४६
काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।
प्रकाशित मिति : बिहिबार, पौष ०७, २०७९ |
१५:००:४६
3499