अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | १२:०५:४०
काठमाडौं, ७ मंसिर | प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन् । शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन् । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसकेका छन् । उनले एमालेका झपट रावललाई पराजित गरे । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो । यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
१२:०५:४०
1717