जुम्ला (ख) मा एमालेका पछाई विजयी
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | १२:४७:५५
जुम्ला, ७ मंसिर | जुम्ला प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । उनले कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायालाई ११ सय १२ मतले पराजित गरे । २० हजार ६ सय २८ मत खसेकोमा एमालेका पछाईले ७८२७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । रोकायले ६७१५ मत प्राप्त गरे । एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्जसमेत रहेका रोकाया कांग्रेस-माओवादीको साथ रहँदा पनि पराजित बने । नेता पछाई एमाले प्रदेश कमिटीको उपसचिव हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका पछाई पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन् ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
१२:४७:५५
3169