गुल्मी २ मा गोकर्ण विजयी, १ मा प्रदीप ज्ञवालीको अग्रता
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | १४:३६:४२
बुटवल, ७ मंसिर | गुल्मी २ को प्रतिनिधिसभा सदस्यमा एमाले सचिव गोकर्णराज विष्ट निर्वाचित भएका छन् । उनले २८ हजार ४७६ मतसहित जित निकालेका हुन् । विष्टले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई २०३४ मतको अग्रतासहित पराजित गरेका हुन् । झाँक्रीले २६४४२ मत पाएकी छन् । यो क्षेत्रमा यसअघि पनि विष्ट नै निर्वाचित भएका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
१४:३६:४२
661