पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाचित
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | १९:२०:१४
वीरगञ्ज, ७ मंसिर | पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।उनले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरणले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत ल्याए । ८६ हजार ९ सय ६६ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
१९:२०:१४
1585