बारा ४ (१) को प्रदेशसभा सदस्यमा चौधरी निर्वाचित
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | २१:४५:१८
बारा, ७ मंसिर | बारा क्षेत्र नं. ४ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय ८९ मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार एक सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्का मगरले तीन हजार ६ सय ५६ मत पाएका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
२१:४५:१८
1123