देशमा सुशासन दिनका लागि गठबन्धन: रामचन्द्र पौडेल
प्रकाशित मिति: सोमबार, कार्तिक ०७, २०७९ | १५:१९:४२ 0 minutes
काठमाडौं, कार्तिक ७ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताउनुभएको छ । सोमवार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले देशलाई सुशासन दिनका लागि गठबन्धन गरिएको बताउनुभएको हो ।
उहाँले गठबन्धनको एजेण्डा सुशासन भएको उल्लेख गर्नुभयो । देशलाई आज सुशासन चाहिएको भन्दै उहाँले आफूहरु सुशासनको पक्षमा उभिएको बताउनु भयो । देशमा सुशासन दिने नैतिक शक्ति भएका मानिसहरु गठबन्धनमा आवद्ध भएको उहाँले बताउनु भयो । वरिष्ठ नेता पौडेलले गठबन्धनको एजेण्डा लोकतन्त्र र दिगो शान्ति भएको पनि स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति : सोमबार, कार्तिक ०७, २०७९ |
१५:१९:४२
199