चितवन १ प्रदेशसभा १ मा एमालेका थपलियाको जित सुनिश्चित्
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | ७:१४:५२
चितवन , ८ मंसिर । चितवन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा एमालेका जे एन थपलियाको जित सुनिश्चित् भएको हो । मंसिर ४ गते भएको मतदानको मतगणना अन्तिम नतिजा नआउदै थपलियाले आफ्नो जित सुनिश्चित् गरेका हुन् ।
पछिल्लो मत परिमाण अनुसार थपलियाले १६ हजार २ सय ७६ मत सहित अग्र स्थानमा छन् भने उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण भूषण ओलीले ९ हजार ८ सय २३ मत सहित दोस्रो स्थानमा छन् । थपलिया ६ हजार ४ सय ५३ मतको अग्रतामा रहेका छन् र अब गणना गर्न बाकीं मतभन्दा उनको अग्रता धेरै भएकाले उनको जित सुनिश्चित् भएको हो ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
७:१४:५२
2487