कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | ११:००:०६
पोखरा, ८ मंसिर | एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए । नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए । भट्टराई यसअघि ०७६ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
११:००:०६
639