सिन्धुपाल्चोक- २ प्रदेशसभा ‘क’ मा माओवादीका दुलाल विजयी
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | ११:०६:४४
सिन्धुपाल्चोक, ८ मंसिर | सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल विजयी भएका छन् । उनले २० हजार ९ सय ६ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङले १२ हजार १३९ मत ल्याए । शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन् । तामाङ भने ०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए । दुलाल र तामाङ तत्कालीन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
११:०६:४४
1189