एमाले महासचिव शंकर पाेखरेल माओवादी केन्द्की रेखा शर्मासँग पराजित
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | ११:४३:५४
दाङ, ८ मंसिर । दाङ क्षेत्र नं-२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् । उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
११:४३:५४
2333