सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | ११:५३:१०
सिरहा, ८ मंसिर | सिराहामा पनि जनमत पार्टीले खाता खोलेको छ। सिराहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन्। साहले माओवादी केन्द्रका महेन्द्र पासवान लाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित भएका हुन्।साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासवानले ७ हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा सीमित भए । सिराहा ४ (ख) मा पनि जनमत पार्टीका संजय सिंहले अग्रता कायम राखेका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
११:५३:१०
1145