३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | १२:५०:२१
८ मंसिर | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको आज भएको मतगणना अनुसार रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका हुन् । रविले ४९ हजार २ सय ६४ मत ल्याएर विजयी हुदाँ उनका निकतम प्रतिश्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
१२:५०:२१
1299