मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | १४:२८:०७
काठमाडौं, ८ मंसिर | मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी छिन् । यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार चार सय २० मत ल्याएका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
१४:२८:०७
2047