झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | १६:१८:०९
काठमाडौं, ८ मंसिर | झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा विजयी हासिल गरिसकेकाे छ ।
अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
१६:१८:०९
1167