चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | १६:२२:११
चितवन, ८ मंसिर | चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।
पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन् । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
१६:२२:११
969