सिरहा-१ मा रामशंकर यादव निर्वाचित
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | १६:४७:०१
सिरहा क्षेत्र नम्बर-१ मा नेकपा एमालेका उम्मेदवार राम शंकर यादव निर्वाचित भएका छन् । यादवले आफ्ना प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका छन् । यादवले २९ हजार ४६२ मत ल्याएका थिए भने चौधरीले २७ हजार ३७९ मत ल्याएका थिए। यस्तै जनमत पार्टीका उम्मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत ल्याइन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
१६:४७:०१
1277