सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | १७:२०:५७
काठमाडौं, ८ मंसिर | सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् । २०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
१७:२०:५७
1387