इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | १८:५१:५०
इलाम, ८ मंसिर | इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् । रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । रानाले १३ हजार ७५४ मत प्राप्त गर्दा लावतीले ११ हजारर १७६ मत ल्याएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
१८:५१:५०
1453