मेटमणिलाई झण्डै पाँच हजार मतको अग्रता
प्रकाशित मिति: बिहिबार, मंसिर ०८, २०७९ | २१:१९:११
दाङ, ८ मंसिर | दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०८, २०७९ |
२१:१९:११
1013