चितवनको भरतपुरमा शंकास्पद वस्तु फेला
प्रकाशित मिति: मंगलबार, कार्तिक ०८, २०७९ | १६:१५:२९ 0 minutes
चितवन , ८ कार्तिक । चितवनको भरतपुरमा शंकास्पद वस्तु फेला परेको छ । भरतपुरको चितवन मेडिकल कलेज अगाडीको सडकमा शंकास्द वस्तु फेला परेको हो ।
सडकमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्रलाई सिल गरेको छ । शंकास्पद वस्तु बम हुनसक्ने आशंकामा नेपाली सेनाको टोलीले निष्कृय बनाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अहिले सवारी संचालनमा रोक लगाइएको छ ।
तस्बिर : त्रिविक्रम रेग्मी
प्रकाशित मिति : मंगलबार, कार्तिक ०८, २०७९ |
१६:१५:२९
1299