बारा १ (२) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुनः निर्वाचित
प्रकाशित मिति: शुक्रबार, मंसिर ०९, २०७९ | ८:५६:३६
बारा ९ मंसिर | क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन्। जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए। यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा कानुले ११ हजार ४० मत पाए।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०९, २०७९ |
८:५६:३६
705