पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित
प्रकाशित मिति: शुक्रबार, मंसिर ०९, २०७९ | १७:४१:५८
काठमाडौं, ९ मंसिर | पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउँदै गैरै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत पाएका छन् । याे निर्वाचन क्षेत्रमा सधैं पाण्डेले चुनाव जित्दै आएका थिए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०९, २०७९ |
१७:४१:५८
1651