महोत्तरी-३ मा महन्थ ठाकुर विजयी
प्रकाशित मिति: शुक्रबार, मंसिर ०९, २०७९ | २०:३२:१८
महोत्तरी, ९ मंसिर | महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ठाकुरले १६ हजार ३७५ मत ल्याएका थिए भने यादवले १४ हजार ३२५ मत पाएका छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०९, २०७९ |
२०:३२:१८
2707